Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

एमालेको अभियान बिथोल्न कैलाली बन्द आहृवान, बन्दको प्रभाव सामान्य

Wednesday, March 15, 2017 National Power

२ चैत, कैलाली – एमालेको मेची-महाकाली अभियानप्रति आपत्ति जनाउँदै थारुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ ।

एमालेलेको खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्य समिति कैलालीले कैलाली बन्दको आहृवान गरेको हो ।प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची-महाकाली अभियानमा कसैलाई पनि सहभागी नहुन समेत अपिल गरेको छ ।
थारुहट तराई पार्टी नेपालले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

एमालेले अभियानअन्तर्गत आज कैलालीको टीकापुरमा सभा गर्दैछ ।