Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

एमालेको अभियान बिथोल्न कैलाली बन्द आहृवान, बन्दको प्रभाव सामान्य

Wednesday, March 15, 2017 National Power

२ चैत, कैलाली – एमालेको मेची-महाकाली अभियानप्रति आपत्ति जनाउँदै थारुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ ।

एमालेलेको खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्य समिति कैलालीले कैलाली बन्दको आहृवान गरेको हो ।प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची-महाकाली अभियानमा कसैलाई पनि सहभागी नहुन समेत अपिल गरेको छ ।
थारुहट तराई पार्टी नेपालले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

एमालेले अभियानअन्तर्गत आज कैलालीको टीकापुरमा सभा गर्दैछ ।