Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

दुर्घटनामा दुईको मृत्यु

Tuesday, March 14, 2017 National Power

१ चैत,रूपन्देही – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिकामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उहाँकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले एक साइकललाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका छन् । ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उहाँकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।