Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

साढे तीन किलो अफिमसहित युवक पक्राउ

Monday, March 13, 2017 National Power

३० फागुन,भीमदत्तनगर- प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ ।
प्रहरीले अफिमसहित पक्राउ परेका कार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मा लगाएको जनाएको छ ।