Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

जिल्लामा रहेका इलाका कार्यालयहरु धमाधम उद्घाटन हुँदै

Monday, March 13, 2017 National Power

३० फागुन,डडेल्धुरा-  जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन् ।

जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो ।

स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम उद्घाटन हुन थालेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी गराउनुभयो ।     डडेल्धुरामा अमरगढी र परशुराम गरी दुई नगरपालिका र अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच इलाकामा १८ गाविसलाई विभाजन गरिएको हो ।

गाउँपालिका विभाजनसँगै इलाका कार्यालयहरुमा वरिष्ठ सचिवले कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी कार्यालय व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको जनाइएको छ । गाविसबाट गरिने कामकाज वडा कार्यालय र अन्य कार्यहरु इलाकाबाट गरिने व्यवस्था रहने गरी सर्वसाधारणका कामकाज आगाडि बढाइने इलाका कार्यालयले जनाएको छ ।