Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

करेण्ट लागेर एक कर्मचारीको मृत्यु, ४ घाइते

Monday, March 13, 2017 National Power

३० फागुन,तुलसीपुर– दाङको तुलसीपुरमा गएराती करेण्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भए्को छ भने ४ जना घाइते भएका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरणकेन्द्र तुलसीपुरको सवस्टेसनबाट रोल्पाको सिमेन्ट उद्योगका लागि बे्रकर (लाइन काट्ने र बन्द गर्ने सूईच) राख्ने क्रममा कैलालीका देशराम डगौराको करेन्ट लागेर मृत्यु भएको हो । घटनामा ४ जना घाइतेमध्ये गम्भिर घाइते भएका खिमलाल चौंधरीलाई नेपालगञ्जमा सामान्य उपचार पछि थप उपचारका लागि लखनउ रिफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए ।