Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

राजेन्द्रकाे चेतावनी, जर्बजस्ती चुनाव गरे विद्राेह

Friday, March 10, 2017 National Power

२७ फागुन, विराटनगर – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन नगरी जबर्जस्ती चुनाव गराए बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराज जाने क्रममा आज बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतोले भने, ‘यथास्थितिमा चुनाव भए सहभागी हुन्नौं, जबर्जस्ती चुनाव भए जसरी पनि बिथोल्छौं ।’

अध्यक्ष महतोले जनसंख्याको आधारमा स्थानीय तहको संख्या नथपिएसम्म कुनैपनि निर्वाचन आफूहरुलाई मान्य नहुने वताए । तराईका जिल्लामा स्थानीय तहको संख्या थप्दैमा यसले अहिलेको अवस्थामा समस्या समाधान नहुने उनको भनाइ थियो ।

उनले अहिले वढाइएको स्थानीय तहको संख्याले मधेसको मागलाई सम्वोधन नगरेको उल्लेख गर्दै तराईका जिल्लामा जनसंख्याका आधारमा गाउँपालिकाको संख्या थप गर्नुपर्ने मागसमेत गरे ।