Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अनिश्चितकालीन बन्द कार्यक्रम अन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित

Thursday, March 9, 2017 National Power

२६ फागुन, राजविराज – सप्तरीमा प्रहरीको गोली लागेर  चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रम अन्तर्गत आज चार दिन पनि जनजीवन प्रभावित भएको छ ।

मोर्चाले गरेको बन्दको कारणले सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो र छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।आक्रोशित मधेसी मोर्चा कार्याकर्ताहरुले बन्द सफल गराउन   आज पनि बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका बताइएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर चारजना मोर्चाका कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत  यातायात, कलकारखाना, उद्योगधन्धा, शौक्षिक संस्थालगायत सबै आज पनि बन्द गराएको बताए । आज पनि राजविराजमा तनाव कायम रहेको छ भने मधेसी मोर्चाले नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन् ।