Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाए उपेन्द्र यादवको आरोप

Wednesday, March 8, 2017 National Power

२५ फागुन, भक्तपुर – तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् । प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको उनको दाबी छ ।

लोकतन्त्रमा एमालेले आमसभा गर्न र अरुले त्यसको बिरोध गर्न पाउने भएपनि मधेसी मोर्चाका कार्यकर्ताहरुलाई टाउकोमा गोली हान्नु योजनाबद्ध भएको उनले बताए । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा मधेसी मोर्चाले पाँचबुँदे माग राख्दै ७ दिने अल्टिमेटम दिएको छ र, माग पुरा नभए स्वत समर्थन फिर्ता हुने यादवले बताए । उनले स्थानीय तहको निर्वाचन नहुन नसक्ने दाबी गरे । साथै संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए ।