Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

अर्को सरकारको कल्पना गर्न नसकिने

Sunday, March 5, 2017 National Power

२२ फागुन, काठमाडौं – स्थानीय चुनाव अघि अर्को सरकार कल्पना गर्न नसकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । साथै उनले अहिले राष्ट्रिय सरकार सम्भव नभएको पनि बताए ।
स्थानीय तहको निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार रहेको भन्दै उनले भने, तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई पनि सहभागी बनाएर निर्वाचन गर्ने बताए । यसका लागि चुनाव अघि नै संविधान संशोधन अगाडि बढाउन चाहेको भन्दै उनले भने, सबै दलसँग सम्वाद जारी छ, त्यसका लागि पूर्ण कोशिस हुन्छ ।’

तर, राप्रपाले संशोधन प्रस्तावको पक्षमा भोट हाल्दैनौं भनेकोले अहिले नै सरकारले संशोधन विधेयकलाई मतदानमा लैजान नचाहेको उनले बताए ।