Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौंडेल

Saturday, March 4, 2017 National Power

२१ फागुन, विराटनगर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन हुने बताउनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्र र सङ्घीयतालाई बचाउनका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेता पौडेलले मधेसी मोर्चालाई निर्वाचनको प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै सङ्घीय लोकतन्त्रको रक्षाका लागि मोर्चालाई निर्वाचनमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।