Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौंडेल

Saturday, March 4, 2017 National Power

२१ फागुन, विराटनगर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन हुने बताउनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्र र सङ्घीयतालाई बचाउनका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेता पौडेलले मधेसी मोर्चालाई निर्वाचनको प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै सङ्घीय लोकतन्त्रको रक्षाका लागि मोर्चालाई निर्वाचनमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।