Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

पत्रकार महासङ्घ बर्दियामा धिताल

Saturday, March 4, 2017 National Power

२१ फागुन,गुलरिया-नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन हुनुभएको छ ।  यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय सभासद्मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिनुभयो ।

यस्तै प्रदेश सभासद्मा कमल पन्थी, यज्ञ नेपाल, हरिवंश पाण्डे, मङ्गलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योति पन्थी, विवेकराज भण्डारी, सञ्जय आचार्य र दिनेश यादव चयन हुनुभएको छ ।