Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

हराइरहेकी महिला जङ्गलमा मृत भेटिइन्

Thursday, March 2, 2017 National Power

१९ फागुन, चितवन – चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन् ।

मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मृत्युको यकिन कारण भने खुलेको छैन । उनलाई गैँडाले आक्रमण गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।