Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अाइजी प्रकरण, अाज फैसला हुँदै

Wednesday, February 22, 2017 National Power

११ फागुन, काठमाडौं – नेपाल प्रहरीको आइजीपी नियुक्तिबारेको विवाद सर्वोच्च अदालतले आज सुनुुवाई हुँदैछ । गत फागुन ८ मा सुनुवाई हुन नसकेपछि आजका लागि सरेको थियो ।

गत आइतबार नै चन्दलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले पुनः इजलासमा पूरक निवेदन दिएका थिए । तर, त्यसका बारेमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधवार लागि सुनुवाइ सरेको हो ।

निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त गरेको जनाउँदै सो नियुक्ति बदर गर्न माग गरिएको थियो ।

सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा परेको मुद्दाको बहसका क्रममा महान्यायाधीवक्ता रमण श्रेष्ठले अधिवक्ता ढकालले पेश गरेको पूरक रिट आफूलाई पा्रप्त नभएको र त्यो आफूलाई पा्रप्त नभएसम्म रिट अघि बढ्न नसक्ने बताएपछि बुधवारसम्मको लागि रिटको सुनुवाई सरेको थियो ।