Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

राप्रपामा बुद्धिमान तामाङ सर्वाधिक लाेकप्रिय (अन्य विजेताहरूकाे नामावली सहित)

Wednesday, February 22, 2017 National Power

११  फागुन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि हिजाे भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएका छन् । उनले १९२८ मत प्राप्त गरे भने विक्रम पाण्डे दाेश्राे स्थानमा छन् , उनले १९२६ मत प्राप्त गरे । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।

महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् ।

राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।