Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

स्वास्थ्यकर्मी आन्दोलनमा

Tuesday, February 21, 2017 National Power

१० फागुन,कञ्चनपुर –कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । आकस्मिक बाहेकका  सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीले आजदेखि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरको ओपिडी (बहिरंग) सेवा सञ्चालन गर्ने सहमति गरेका छन् ।

आन्दोलनले प्रत्येक महिनाको ४ गतेदेखि सञ्चालन हुने खोप सेवा स्वास्थ्यकर्मी आन्दोलनमा गएपछि प्रभावित भएको छ । आन्दोलनका कारण स्वाथ्यकर्मीले खोप नलाउँदा खोप लिँदै आएका ११ हजार ६०० बालबालिका प्रभावित भएका छन् ।

जिल्लास्थित स्वास्थ्य क्षेत्रमा क्रियाशील संयुक्त ट्रेड युनियनका पदाधिकारी र महाकाली अञ्चल अस्पतालका प्रमुखबीच सोमबार भएको सहमतिअनुसार बन्द अवस्थामा रहेको ओपिडी सेवा बिहान १० बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको हो ।
जनस्वास्थ्य कार्यालयका सम्पूर्ण काम कारबाही भने पूर्ववत्झैँ ठप्प रहने नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष लोकराज भारतीले बताउनुभयो । स्वास्थ्य ऐन २०५३ को दफा (९) ख अन्तर्गत राष्ट्रसेवक स्वास्थ्य कर्मचारीले समायोजन तथा पदस्थापनको माग अघि सार्दै तीन वर्षदेखि आन्दोलित हुँदै आएका छन् ।