Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

हात्तीपाइले विरुद्ध औषधि खुवाईदै

Tuesday, February 21, 2017 National Power

१० फागुन, बैतडी-  बैतडीमा जिल्लामा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि खुवाईने कार्यक्रम सञ्चालन हुदैछ ।

हात्तीपाइले रोग उन्मूलन पार्ने उदेश्यले हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको  र यस कार्यक्रम अन्तर्गत  गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले हामीलाई जानकारी दिएका छन् ।

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका झन्डै दुई लाख ४० हजार जनतालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ  साथै यो कार्यक्रम बैतडी जिल्लामा वितेका पाँच वर्ष यता सञ्चालन हुदै आएको छ ।हात्तीपाइले विरुद्धको आमऔषधि खुवाईने कार्यक्रमका लागि जिल्लाभरिमा ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडी ले जानकारी गराएकोछ ।

नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि खुवाईने कार्यक्रम सञ्चालन भइरहेको छ ।