Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

Monday, February 20, 2017 National Power

९ फागुन,कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।
कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए ।
नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
यससम्बन्धी सिमावर्ती भारतीय सुरक्षाकर्मी र सम्बन्धीत अधिकारीसँग छलफल गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका अधिकारीसहित टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रासस