Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

Monday, February 20, 2017 National Power

९ फागुन,कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।
कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए ।
नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
यससम्बन्धी सिमावर्ती भारतीय सुरक्षाकर्मी र सम्बन्धीत अधिकारीसँग छलफल गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका अधिकारीसहित टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रासस