Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

धर्मले मानिसलाई मुक्तिको बाटो देखाउछ

Sunday, February 12, 2017 National Power

राम्रो आचारणको धारण गर्नु नै धर्म हो । धर्मका रुपहरु जति सुकै भए पनि धर्मलाई मुख्य दुई किसिमले हेर्न सकिन्छ अर्थात धर्मका विषेष दुई पक्ष हुन्छन् ती हुन्


क) अलौकिक धर्म
ख) अध्यात्मिक धर्म
अलौकिक धर्म
अलौकिक धर्म भन्नाले घरपरिवार भित्र माता पिता ले छोरा छोरी संग निभाउने कतव्र्य लाई बुझाउछ भने छोरा छोरीले पनि आफ्नो कर्तव्य पुरा गर्नु पर्छ भन्ने यस धर्मको उपदेश हो । समाज सेवाले समाज प्रति बफादारी निभाउनु, देश भक्तले अर्थात राजनेताहरुले देश प्रति बफादारी अपनाउनु, यो एउटा मानविय धर्म हो ।

कर्मचारीले कार्यलयमा, विशेष सरकारी कर्मचारीहरु जसले जनताको सेवाका लागि कार्यलयमा बसेका छन् । ति सबैले   आ–आफ्नो सेवा कार्य प्रेममय र इमान्दारीता साथ गर्नु जस्ता कृयाकलाप लाई अलौकिक धर्म भनिन्छ ।  कुनै पनि धर्मले सेवालाई नै धर्मको उपज ठान्दछ । मानिसमा हृदय देखि वा आत्मा देखि नै सेवाको भाव उजागर गर्नु एक सच्चा व्यक्तिमा हुने धर्म हो  ।
अध्यात्मिक धर्म  ।
यो धर्म, म को अर्थात आत्मा को लागि गरिने धर्म हो  । यसको उदेश्य आत्माको पहिचान गराउनु  हो । म को संग सम्बन्धित छु भनेर खोज गर्नु  अध्यात्मिक धर्म हो । जुन मानिसको आत्मा चाहे पुरुषको होस्, चाहे स्त्रीको, त्यो “आत्मा” स्त्री ंिलङ्ग हो । र ती सबै स्त्रीको मुल मालिक परमात्मा एक परुष हो भन्ने जसले जान्दछ , त्यसको कल्याण यस धर्तिमा पनि र धर्तिबाट छोडेर गए पछि पनि हुन्छ ।  यसमा कुनै शंका छैन । शास्त्रको प्रमाण भक्तका अनुभवका ग्रन्थमा धेरै छन् । धर्मले मानिसलाई मुक्तिको बाटो देखाउछ ।

भनिन्छ नि मर्दा खुट्टा तानेर मर्नु पर्छ त्यो कुरा धर्म ग्रन्थमा पनि छ । त्यसै भनेका होईनन् हाम्रा पुर्खाहरुले । कु.धर्मले मानिसलाई नर्गमा बास गराउछ  । स्वर्गमा बास गर्न बाँचुन्जेल अरुको हित हुने काम गर्नु पर्छ । आत्मा देखि जो अरुको सेवा गर्दा खुसि हून्छ ,त्यो एक असल धार्मिक व्यक्ति हो । यसका लागि धर्मका दुई पक्ष नै अपनाउन जरुरी छ ।
आध्यात्मीक धर्ममा दान धर्म  तिर्थ, व्रत, पुजा पाठ आदि यस्तै कार्य पर्न आउछ । यस बाहेक आत्मा चिन्तन चाहि मुख्य हो । अरुको हितका लागि दान गर्नु भन्दै आफ्नो पावन शब्द बन्द गदर्छु ।
प्रणाम : किरण केसी (कार्की)