Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

चमेलिय जलविद्युत परियोजना केहि महिना भित्र सञ्चालन : उर्जामन्त्री

Saturday, February 11, 2017 National Power

२९ माघ,कञ्चनपुर –  ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना  केहि महिना भित्रै निर्माण सकेर सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
प्रेस सेन्टर कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्राविधीक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिनुभयो ।

साथै मन्त्री शर्माले“पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हँुदैछ र जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ”भन्नुभयो । सम्मेलनमा मन्त्री शर्माले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको  समेत जानकारी पनि दिनुभयो ।