Sunday 16th January 2022

    एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज    तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले    सीमा नाकामा उच्च सतर्कता    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा    रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

नेपालको आफ्नै भुउपग्रह हुने : सञ्चारमन्त्री

Saturday, February 11, 2017 National Power

२८ माघ,काभ्रे      सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले तीव्रगतिमा विकास भईरहेको सुचना प्रविधीलाई अव विकासका काम सँग पनि जोड्नु पर्ने बताउनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयद्वारा आजदेखि धुलिखेलमा सुरु भएको दुईदिवसीय ‘सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सम्पुर्ण जनतामा सुचना प्रवाह गर्न सकेमात्रै समग्र देशको विकास हुने बताउनुभयो ।

साथै उहाँले  हुलाकलाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गर्ने, टेलिकमको सेवा सहज र सुलभ रुपमा उपभोक्ताले प्राप्त गर्ने, सूचना विभागमा सूचनाको भण्डार बनाइने, नेपालको आफ्नै भूउपग्रह स्थापना गर्नेजस्ता कार्यमा  आफुले ध्यान दिइएको  समेत कार्यक्रममा जानकारी दिनुभयो ।