Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

ट्रक दुर्घटनामा एकको मृत्यु

Friday, February 10, 2017 National Power

२८ माघ,बैतडी –  बैतडीमा ट्रक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ  भने दुईजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।


गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गएको बताईएको छ । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।    यस्तै,  ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइतेको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।
महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।