Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

प्रहरी संगठनमा चरम राजनीति, तेश्राे बरियाताकालाइ अाइजी बनाउन काँग्रेसकाे दबाब

Thursday, February 9, 2017 National Power

नेपाल प्रहरीमा चरम राजनीति हुने गरेकाे पछिल्लाे घटनाक्रमले पुष्टि गरेकाे छ । अनेकन प्रयास पछि अन्ततः नेपाल प्रहरीका तेश्राे बरियातका जय बहादुर चन्दले शेर बहादुर देउवालाइ प्रभावमा पारेका छन्, जस्काे फलस्वरूप फागुन २ गते देखि रिक्त हुने अाइजीका लागि सरकारलाइ चरम दबाबमा पार्न सफल भएका छन् ।

अाफु सुदुरपश्चिमकाे भएकाे र हुन गइरहेकाे तीनै तहाकाे निर्वाचनमा काँग्रेसलाइ सहयाेग पुग्ने गरी काम गरिदिने कुरामा तेश्राे बरियाताका डिअाइजी जय बहादुर चन्दले देउवालाइ कन्भिन्स गर्न सफल भएपछि उनलाइ अाइजी बनाउन काँग्रेसीहरू हात धाेएर लागेका छन् । यसबाट नेपाल प्रहरीमा एक पटक पुनः चेन अफ कमाण्ड विगारी राज्य शक्तिलाइ अाफु अनुकुल प्रयाेग गर्न राजनीतिक दलहरू घिन लाग्दाे खेल खेल्ने गरेकाे कुरालाइ पुष्टि गरेकाे छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने पहिलाे वरियाताका नवराज सिलवाललाइ अाइजी बनाउनु पर्ने भन्दै अडान लिएपछि दुइ ठुला सत्तारूढ दलहरूवीच विवाद चर्किएकाे छ । यही विवादका कारण आज(बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ ।

यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् ।

प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको व्यवसायिकता एवं चेन अफ कमाण्डलाई बिगार्न नहुने प्रधानमन्त्रीले देउवालाई बताएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘देउवाजीले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतानवी दिइसक्नुभएको छ, कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न निर्देशन दिनुभएको छ ।’

सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएको स्रोतले अनलाइनखबरलाई बतायो । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहास नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताएका थिए । तर, देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् ।

विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भनेका छन् ।

तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएका छन् । साथै उनले कांग्रेसका विभिन्न जिल्लासभापति मार्फत् देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ ।

कांग्रेस सभापति देउवाले आइजी नियुक्तिको अधिकार नेपाली कांग्रेसले पाउनुपर्ने जिकिर प्रधानमन्त्री प्रचण्डसँग गरेका छन् । तर, प्रचण्डले चाहिँ बरियता मिचेर तेस्रोमा भएको व्यक्तिलाई आइजी बनाउन नसक्ने र यसले प्रहरी संगठनमा निराशा उत्पन्न हुने तर्क गरिरहेको स्रोतले बतायो ।

बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवशकाश पाउने भएकाले डीआइजीहरुबाट आइजी छनौट गर्न लागिएको हो । देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् ।

चन्दले देउवाको साथ पाएका छन् । साथै उनले केही साताअघि दिल्लीको समेत भ्रमण गरेका थिए, जसलाई समेत लाइन मिलाउने प्रयासका रुपमा व्याख्या गरिएको छ ।

नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन ।