Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नगरपालिकाकाेे मापदण्ड लचक बनाउने

Wednesday, February 8, 2017 National Power

२६ माघ, काठमाडौं – संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका घोषणाका लागि मापदण्डमा केही परिमार्जनको प्रस्ताव ल्याएको छ ।

हिमाली जिल्लाका सदरमुकामहरुलाई नगरपालिकामा समेट्न मन्त्रालयले मापदण्ड नै परिवर्तन गर्ने प्रस्ताव ल्याएको हो ।

अहिलेको मापदण्डअनुसार हिमाली क्षेत्रमा नगरपालिका घोषणाका लागि कम्तिमा १७ हजार जनसंख्या पुगेको हुनुपर्ने प्रावधान थियो ।

त्यस्तै पहाडमा कम्तिमा ३१ हजार र काठमाडौ उपत्यका तथा तराई एवं भित्री मधेसमा कम्तिमा ६० हजार जनसंख्या भएपछि मात्रै नगरपालिका घोषणा गर्न सकिने व्यवस्था थियो ।

अब त्यस्तो प्रावधानलाई सच्याएर मन्त्रालयले हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्न जनसंख्याको मापदण्ड अनिवार्य नहुने व्यवस्था प्रस्ताव गरेको छ ।

देशमा अहिलेसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको संख्या २ सय १७ वटा छन् । तर, अझैसम्म पनि कणर्ालीका केही जिल्ला सदरमुकामहरुलाई नगरपालिका घोषणा गर्न नसकेपछि मन्त्रालयले प्रावधान नै परिमार्जनको प्रस्ताव अघि बढाएको हो ।
मन्त्रालयले जनसंख्याको आकार घटाए पनि अन्य भौतिक पूर्वाधारको विकासलाई भने यथावत राखेको छ ।