Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

जिप दुर्घटनामा चारको मृत्यु ,१९ जना घाइते

Tuesday, February 7, 2017 National Power

पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएकोलु १ ज २६८९ नं को जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो ।

दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो ।