Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

कर्णालीको बिकास र समृद्धिको लागी राप्रपा नेतुत्व

Sunday, February 5, 2017 National Power


कर्णाली कुनैबेला भौगोलिक कठिनाई र यातायातको विकासका बाबजुद पनि आफ्नो खुट्टामा उभिएको थियोे । खाद्यान्नमा सबैपरिवार आत्मनिर्भर पनि थिए । प्रसस्त खेतीयोग्य जमिन भएको कारण जनता आफ्नै खेतबारी र पखेरामा फलेको अन्नपात खान्थे । कुनैपनी ब्यक्ती पेट पाल्नको लागि र जिविका चलाउनको लागि अरुको भर पर्नु पर्दैन थियो । जब राज्यले त्याँहाका जनताको लागी आत्मनिर्भर बन्ने प्रविधि र विकास दिनुको सट्टामा कुहिएको चामल दिन थाल्यो तेतिखेर देखी जनता काम नगरेर पेटपाल्नको लागि राज्यको भर पर्न थाले त्यहीवेला  देखी नै राज्यले कर्णालीलाई सौतेनीको जस्तो व्यबहार गर्न थालेको हो ।

विकटता भनौ या बिकास निर्माणमा र राज्यको पहुँच बाट टाढा भएर हो कर्णालीले राष्ट्रिय राजनितीमा कर्णालीको चिन्ता लिने र जनताको हितमा काम गर्ने नेतुत्व पाउन सकेन । जनताले ठुला दलका नेतालाई पटक पटक नेतुत्व गर्ने अवसर दिएपनी आफ्नो स्वार्थपुर्ती गर्ने र कार्यकर्ता पोस्ने काम बाहेक अरु केहि गर्न  सकेनन् । आजपनी धेरै टाठाबाठाको लागि कमाइ खाने भाँडो बनेको छ कर्णाली । जनताले जतिबेला राप्रपालाई नेतुत्व दिएका थिए त्यतिवेला  बिकास निर्माण र जनताको जिवनस्तर गुणात्मक रूपमा फेरिएको थियो तर जब ठुला दलले विभिन्न भ्रम र जालझेल गरेर नेतुत्व लिए त्यसवेलावाट विकास निर्माण र कर्णालीको जिवनचक्रमा सुस्तता आउन थालेको छ । देशको राष्ट्रियता,भौगोलिक अखण्डता र स्वाधिनता इतिहासकै सबैभन्दा कमजोर अबस्थामा पुगेको छ । कुटनितिमा आफ्नो स्पष्ट निति नहुँदा नेपाल विदेशीको खेल्ने खेल मैदान भएको छ ।

समग्रमा भन्नुपर्दा देश विकास र समृद्धिको मार्गमा लम्कनु पर्ने अवस्थामा आज अराजकता र अन्यौलताको भुमरीमा फसेको छ । .त्यसैले म सम्पुर्ण कर्णालीवासी दाजुभाइ र दिदिबहिनीहरुमा के अपिल गर्न चाहान्छु भने एकचोटि राप्रपा लाई परिक्षण गर्नुहोस । हामीलाइ तपाईंको सेवा गर्ने अवसर दिनुहोस् । इतिहासमै सक्षम र सवल नेतुत्व उत्पादन गरेको र दिएको राप्रपालाई देश  र जनताको सेवा गर्ने अवसर दिनुभयो भने हामी नेपाली जनताको विकास र समृद्धिको सपना अवको दश बर्षमा पूरा गर्ने छौ । सैद्धान्तिक र बैचारिक रुपमा स्पष्ट र जनचाहना अनुरुप आफ्नो एजेन्डा बोकेको पार्टी राप्रपालाई अब एक पटक देशलाई निकास दिन , जनतालाई विकास दिन र यूवाहरूलाई रोजगारी सिर्जना गरि रोजगारी दिन तपाइँको घर दैलोमा आउदै छ ।पक्कै पनि हामीलाई तपाईहरुले एक पटक मौका दिनुहुनेछ ।

बिष्णु रोकाया
सचिव राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठन

 

(लेखक  राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सचिव हुनुहन्छ)