Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

राप्रपाको क्षेत्रिय र नगर अधिवेशनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधरहरुको वर्चश्व

Saturday, February 4, 2017 National Power

राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर र क्षेत्रीय अधिवेशनमा देशका अधिकांस ठाउमा  हिन्दु राष्ट्र र  राजसंस्थाको  पक्षधरहरु विजय भएका छन ।


एकाध ठाउमा  पार्टी एकिकरण पछि भएको नेतृत्वको सामान्य विवादका कारण अधिवेशन हुन नसके पनि देशका अन्य ठाउहरुमा  अधिवेशन सकिएको प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय महासचिव मणि सिम्खडाले नेशनल पावर न्युजलाई जानकारी गराएका छन् । उनका अनुसार नगर र क्षेत्रमा भएको अधिवेशनबाट  हिन्दु राष्ट र राज संस्था कायम गर्ने  सहमति भएको जानकारी समेत गराए । अव हामी महाधिवेशनमा  हिन्दु राष्ट्र र राज संस्थाको  पक्षमा सकारात्मक निर्णय गर्न नेतृत्वलाई दवाव दिनेछौँ ।
यो अधिवेशनबाट  राप्रपामा  युवाहरुको  नेतृत्व बढेको देखिन्छ ।  भर्खरै सम्पन्न भएको  अधिवेशनको नतिजालाई हेर्ने हो भने  युवाहरुको नेतृत्वको संख्या  झण्डै ५० प्रतिशत पुगे को छ । यदि माहाधिवेशनमा पनि युवाहरुको यहि किसमले वर्चश्व रहने हो भने पार्टीनै युवा नेतृत्वमा जाने देखिन्छ ।
– नेशलन पावर न्यूज