Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

दुइ प्रहरी संगठनमा नेतृत्वकाे हाेडबाजी, राजनीतिक चलखेल तिव्र

Friday, February 3, 2017 National Power

२१ माघ, काठमाडौं – अागामी फागुन २ गतेबाट दुइ प्रहरी संगठनका सुप्रिमाेहरू अनिवार्य अवकाशमा जाने भएपछि यी दुइ संगठनकाे नेतृत्व हत्याउन दाैडधुप सुरू भएकाे छ । अाइजी उपेन्द्रकान्त अार्याल सहित नेपाल प्रहरीमा  एअाइजी समेतहरूले एकैसाथ अवकाश पाउने भएपछि डिअाइजीहरू मध्येबाट अाइजी बन्ने पक्का छ । त्यसका लागि अहिले मुख्यतः ४ जना डिअाइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द र बम बहादुर भण्डारी अाइजी बन्ने दाैडमा सकृय छन् ।

बरिष्ठताका र कार्यसम्पादनका अाधारमा नवराज सिलवाल अग्रस्थानमा रहेपनि राजनीतिक दाैडधुप व्यापक भइरहेकाेले प्रहरीकाे अागामी नेतृत्व कस्ले हत्याउँछ भन्ने एकिन गर्न गाह्राे भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिका निकट व्यक्तीहरूनै अाइजी बनाउने खेलमा सकृय भएर लागि परेका छन् ।

डिअाइजी जयबहादुर चन्द यस खेलमा सबैभन्दा सकृय भएर लागिरहेका छन् । उनी नेपाली काँग्रेसका सुदुपश्चिम र मध्यपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसंगकाे भेटघाट लाइ तिव्रता दिइरहेका छन् । सुदुरपश्चिमका चन्द अाफ्ना भेटहरूमा सांसदहरूसंंग सुदुरपश्चिमले प्रहरीकाे नेतृत्व गर्ने अवसर अाउन लागेकाे भन्दै याे माैकालाइ खेर नफाल्न अाग्रह गर्दै अाइरहेका छन् । त्यतीमात्र हाेइन यदि अाफु अाइजी भए अागामी चुनावमा काँग्रेसलाइ जिताइदिने अाश्वासन पनि दिन भ्याएकाे भेटमा सहभागी एक सांसदले नेसनलपावरन्युजलाइ बताए ।

यसैगरी सशस्त्रमा अाइजी दुर्ज कुमार राइकाे अवकाश पछि एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्येबाट आईजीपी हुनेछन् । सशस्त्रका एआईजी श्रेष्ठ पहिलो बरियतामा छन् ।