Tuesday 28th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

जाइकाको हाइड्रोमा लगानी, बालुवामा पानी !

Thursday, February 2, 2017 National Power

माघ २०, बझांग -जापान सरकारको आर्थिक सहयोगमा बझाङको एउटा विधुतगृह पुन र्निमाणका लागी भएको करोडौ लगानी उपलव्धी विहिन भएको छ । सदरमुकाम चैनपुर लाई विधुत आपुर्ती गर्दै आएको दौलीचौरको डोगडीमा रहेको बझाङ साना जलविधुत आयोजना मर्मतका लागी जाईका संस्थाले झण्डै ८५ करोड जती खर्च गरेको थियो ।
जापानकै मारुतिसिङ सिताको नामक कम्पनीले ठेक्का लिएर गत वर्षनै मर्मत कार्य सम्पन्न गरि सकेको यो आयोजनाको पावर हाउस साथै बाँध पुनर्निमाण गरेको छ ।
२ सय किलो वाट क्षमता रहेको यो आयोजना मर्मतका लागी जाइकाले ठुलो रकम खर्चगरेपनि विधुतको समस्या भने झन खस्कदो छ ।
पुरानै अवस्थामा विधुत हुदाँ त लोडसेडि नभएर जुनकिरी जस्तै भएपनि नियमित रुपमा विधुत आउने गथ्र्यो चैनपुरका व्यापारी धनराम बोहराले भने तर जाईकाले पुन र्निमाण गरेपछि विधुत बन्दको बन्दै छ । आयोजना जिर्ण भएर समस्या भएको होला र पुन र्निमाण भएपछि राम्रो होला भनेर आशामा बसेका उपभोक्ताहरु विधुतको यस्तो नाजुक अवस्था भएपछि जाईका संस्थाले खर्च गरेको करोडौ रकम कुनै अर्थ नभएको वताउन्छन ।
सदरमुकाम आसपासका झण्डै १८ सय घर परिवार लाई विुधत नाईन विस्तार गरेको यो आयोजना वाट अहिले ४ । ५ सयपरिवार लाइृ पनि विधुत नपुग्ने अवस्थामा भएको छ ।
विधुतको क्षमता कम र वितरण बढी भएकाले कम पावर भए पनि अगाडी सवै घरपरिवार कहाँ विधुत जान्थ्यो सुर्मा देवी विधुत प्रालीका प्रबन्धक नवराज जाग्रीले भने अहिले डिजिटल प्रविधि जडान भएकाले वितरण बढी हुने वितिकै बक्ती आफै बन्द भई हाल्छ । यसका साथै डोगडी गाड खोलामा पानी घट्दै गएकाले पनि हाल १ सय किलोवाट मात्र विधुत आपुर्ती हुदाँ विधुतको समस्या झन बल्झीदै गएको वताए ।
विधुत प्राधिकरणको स्वामित्वमा रहेको बझाङ डोगडी लघुजलविधुत आयोजना २०४९ सालमा जापान सरकारकै सहयोगमा जाईका संस्थाले र्निमाण गरि दिएको हो । हाल उक्त आयोजना जिर्ण उद्धारका लागी जाईका संस्थाले ८५ करोड भन्दा बढी खर्च गरेर विधुतको समस्या झन कमजोर हुदै भएपछि यसको लगानी बालुवामा पानी भएको जन गुनासो भई रहेको छ । ग्रामीण साना लघुजलविधुत योजनाले गाँउ झिलीलिली भई रहेका बेला जिल्ला सदरमुकाम चैनपुर भने दिदानु दिन अन्धकारमय हुदै छ । विधुतको समस्या भएपछि यहाँ उद्योग व्यावसायमा पनि समस्या भएको व्यापारीहरु वतान्छन् ।
सदरमुकाम चैनपुरका बसाई बढ्दै गएको र नगरपालीका पनि भएकाले यहाँको माग अनुसार सदरमुकाम क्षेत्रका लागी मात्र ८ सय किलोवाट विधुतको क्षमता आवस्यक भएको विधुतका कर्मचारीहरु भनाई छ । देखावटी रुपमा सदरमुकाममा विधुत आपुर्ती जस्तो भएपनि यहाँको मुख्य समस्या विधुतनै रहेको स्थानिय मान बहादुर धामीले वताए