Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

स्ववियु निवार्चन स्थगित गरिएको विरोधमा नारावाजी

Tuesday, February 28, 2017 National Power

१७ फागुन,काठमाण्डौँ–स्ववियु निवार्चन स्थगित गरिएको विरोधमा काठमाण्डौँस्थित बानेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका छन् ।
स्ववियु निर्वाचन स्थगित गरेको सूचना क्याम्पस प्रशासनले टाँस गरेको विरोधमा एमाले निकट अनेरास्ववियु,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मंगलबार विहान क्याम्पस प्रशासन विरुद्ध नारावाजी गरेका हुन् ।
नेपाल विद्यार्थी संघको मिलोमतोमा क्याम्पस प्रशासनले एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गरेको विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुको आरोप लगाएका छन् । निर्वाचन स्थगित गर्ने सूचना टाँस गरेकाले विरोधमा उत्रनु परेको अनेरास्ववियु बानेश्वर क्याम्पस इकाई कमिटीका पूर्वअध्यक्ष टिका सुवेदीले बताए