Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

स्ववियु निवार्चन स्थगित गरिएको विरोधमा नारावाजी

Tuesday, February 28, 2017 National Power

१७ फागुन,काठमाण्डौँ–स्ववियु निवार्चन स्थगित गरिएको विरोधमा काठमाण्डौँस्थित बानेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका छन् ।
स्ववियु निर्वाचन स्थगित गरेको सूचना क्याम्पस प्रशासनले टाँस गरेको विरोधमा एमाले निकट अनेरास्ववियु,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मंगलबार विहान क्याम्पस प्रशासन विरुद्ध नारावाजी गरेका हुन् ।
नेपाल विद्यार्थी संघको मिलोमतोमा क्याम्पस प्रशासनले एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गरेको विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुको आरोप लगाएका छन् । निर्वाचन स्थगित गर्ने सूचना टाँस गरेकाले विरोधमा उत्रनु परेको अनेरास्ववियु बानेश्वर क्याम्पस इकाई कमिटीका पूर्वअध्यक्ष टिका सुवेदीले बताए