Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

अक्षयकोष स्थापना

Monday, February 27, 2017 National Power

१६ फागुन,धनगढी-यस क्षेत्रका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गर्नु भएको छ ।

यहाँ आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उहाँका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा रु १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा गरी पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले आयोजना गरेको साहित्यिक समारोहमा सो पुरस्कारको घोषणा गरिएको हो ।