Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सरकारलाइ दिएकाे समर्थन तत्काल फिर्ता गर्दैनाैँः मधेशी माेर्चा

Sunday, February 26, 2017 National Power

१५ फागुन, काठमाडाैँ – पछिल्लाे पटक सरकारलाइ दिएकाे समर्थन फिर्ता गर्ने चेतावनी दिँदै अाएकाे मधेशी माेर्चाले तत्काल उक्त निर्णय नगर्ने भएकाे छ । सरकारले स्थानीय चुनावकाे मिति घाेषणा गरे लगत्तै अान्दाेलनकाे घाेषणा गरेकाे माेर्चाले सरकारलाइ दिएकाे समर्थन फिर्ता गर्ने चेतावनी दिएकाे थियाे ।

तर, संविधान संशोधन प्रक्रिया चलिरहेकाले तत्काल समर्थन फिर्ता नगर्ने मधेसी मोर्चाका एक नेताले बताए । ‘अहिले संशोधन प्रक्रिया चलिरहेको छ । यसलाई अलपत्र छाडेर भाग्न मिल्दैन’ उनले भने, ‘५/१० दिनमा यो प्रक्रिया टुंगिन्छ होला । त्यसैले हामीले हतार गर्नु हुँदैन ।’

आगामी रणनीतिबारे छलफल गर्न मधेसी मोर्चाको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ । तमलोपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा संविधान संशोधन विधेयकमा संशोधन हाल्नेबारे समेत छलफल हुनेछ ।