Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

स्ववियु चुनावः क्रान्तिकारी ११ क्याम्पसमा निर्विराेध, २ मा नेविसंघकाे प्यानल र १ मा अखिलकाे प्यानल विजयी

Saturday, February 25, 2017 National Power

१४ फागुन, काठमाडाैँ – अाज भएका केही क्याम्पसहरूकाे स्ववियु चुनावकाे नतिजा अाएकाे छ । जस्मा धादिङमा भएकाे तीवनटा क्याम्पसकाे चुनावी नतिजामा २ वटामा नेविसंघकाे प्यानल विजयी भएकाे छ भने एउटामा अखिलकाे प्यानल विजयी भएकाे छ ।

सदरमुकाम धादिङ वेसीमा रहेकाे जिल्लाकै सबैभन्दा ठूलाे नीलकण्ठ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीकाे संयुक्त प्यानल विजयी भएकाे जानकारी प्राप्त भएकाे छ । जस्मा नेविसंघका तर्फबाट सभापतिमा सराेज पाण्डेकाे प्यानल विजयी हुँदा खानीखाेला काे मछिन्द्र बहुमुखी क्याम्पसमा पनि नेविसंघकै प्यानल विजयी भएकाे छ भने गजुरीकाे अादर्श बहुमखी क्याम्पसमा अखिलकाे प्यानल विजयी भएकाे जानकारी प्राप्त भएकाे छ ।

यसैगरी अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र पाैडेलकाअ नुसार देश भर विभिन्न ११ क्याम्पसहरूमा अखिल क्रान्तिकारीकाे प्यानल निर्विराेध निर्वाचित भएका छन् । उनका अनुसार दोलखाको त्रिपुरा क्याम्पस, गुल्मीको जनज्योति क्याम्पस, सल्यानको वनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस र शिवजन क्याम्पसको स्ववियू मा क्रन्तिकारी निर्बिरोध बिजीयी भएको छ ।

त्यसैगरी लटिनाथ बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि आफूले जीत हात परेको एक विज्ञप्ति जारी गर्द क्रान्तिकारीले जनाएको छ । रुकुमको सिमृतु शिक्षा क्याम्पस, सानोभेरी शिक्षा क्याम्पस, स्यार्पु बहुमुखी क्याम्पस र सिस्ने शिक्षा क्याम्पसमा पनि क्रान्तिकारीले निर्बिरोध जीत हात पारेको छ ।