Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

स्ववियु चुनावः क्रान्तिकारी ११ क्याम्पसमा निर्विराेध, २ मा नेविसंघकाे प्यानल र १ मा अखिलकाे प्यानल विजयी

Saturday, February 25, 2017 National Power

१४ फागुन, काठमाडाैँ – अाज भएका केही क्याम्पसहरूकाे स्ववियु चुनावकाे नतिजा अाएकाे छ । जस्मा धादिङमा भएकाे तीवनटा क्याम्पसकाे चुनावी नतिजामा २ वटामा नेविसंघकाे प्यानल विजयी भएकाे छ भने एउटामा अखिलकाे प्यानल विजयी भएकाे छ ।

सदरमुकाम धादिङ वेसीमा रहेकाे जिल्लाकै सबैभन्दा ठूलाे नीलकण्ठ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीकाे संयुक्त प्यानल विजयी भएकाे जानकारी प्राप्त भएकाे छ । जस्मा नेविसंघका तर्फबाट सभापतिमा सराेज पाण्डेकाे प्यानल विजयी हुँदा खानीखाेला काे मछिन्द्र बहुमुखी क्याम्पसमा पनि नेविसंघकै प्यानल विजयी भएकाे छ भने गजुरीकाे अादर्श बहुमखी क्याम्पसमा अखिलकाे प्यानल विजयी भएकाे जानकारी प्राप्त भएकाे छ ।

यसैगरी अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र पाैडेलकाअ नुसार देश भर विभिन्न ११ क्याम्पसहरूमा अखिल क्रान्तिकारीकाे प्यानल निर्विराेध निर्वाचित भएका छन् । उनका अनुसार दोलखाको त्रिपुरा क्याम्पस, गुल्मीको जनज्योति क्याम्पस, सल्यानको वनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस र शिवजन क्याम्पसको स्ववियू मा क्रन्तिकारी निर्बिरोध बिजीयी भएको छ ।

त्यसैगरी लटिनाथ बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि आफूले जीत हात परेको एक विज्ञप्ति जारी गर्द क्रान्तिकारीले जनाएको छ । रुकुमको सिमृतु शिक्षा क्याम्पस, सानोभेरी शिक्षा क्याम्पस, स्यार्पु बहुमुखी क्याम्पस र सिस्ने शिक्षा क्याम्पसमा पनि क्रान्तिकारीले निर्बिरोध जीत हात पारेको छ ।