Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

तीन दिने कलेक्शन ३ करोड हुनसक्ने अनुमान

Saturday, February 25, 2017 National Power

शुक्रबार देखि प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

जानकारीमा आएअनुसार फिल्म काठमाडौंका सबैजसो मल्टिप्लेक्स अनि सिंगल स्कृनमा हाउसफूल छ भने राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।