Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

सुदुरपश्चिमका शिव मन्दिरमा भक्तजनको भीड

Friday, February 24, 2017 National Power

१३ फागुन,डोटी-हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा डोटी लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको बाईधारा, राजपुरको पञ्चेश्वर महादेवको मन्दिर, भागेश्वर महादेव मन्दिर,अछामको बैद्यनाथ मन्दिर, कञ्चनपुरको सिद्धबाबा कैलालीको गोदावरी क्षेत्र, बेहेडाबाबा धाम, उत्तरबेहेडीमा रहेको सिवपुरीधाम लगायतका स्थानमा पूजाअर्चनाका लागि भीड लागेको छ ।

आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुर, मिस्टान्न तथा फलफूलसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा विभिन्न सिवालयमा पुजाअर्चना गरिरहेका छन् । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास रहेको छ । यस्तै सिवरात्रिको अवसरमा कञ्चनपुरमा ठुलो मेला लागेको छ । महेन्द्रनगरको शिवधाममा शिवरात्री मेला लागेको छ ।
शिवरात्रि मेलाका कारण सुदुरपश्चिमाञ्चल औद्योगीक तथा कञ्चनपुर पर्यटन मेलामा पनिमा निसहरुको निकै भिड लागेको छ । मेलाका कारण महेन्द्रनगर वजार मा जनसागर उर्लियको र त्यसले गर्दा व्यापारमा निकै वृद्धि भएको व्यापारीहरुले वताएका छन ।