Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्दै

Friday, February 24, 2017 National Power

१३ फागुन,बाजुरा-  नेपाल खाद्य संस्थान बाजुराले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ । लोपोन्मुख रुपमा रहेको रैथाने बाली फापरलाइ खरिद गर्नका लागि पहल भइरहेको नेपाल खाद्य संस्थान बाजुराका मेघराज ओझाले बताउनु भएको छ ।


जिल्ला कृषि विकास कार्यालय बाजुराको पहल र नेपाल खाद्य संस्थान बाजुराको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालय बाजुराका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बतानु भएको छ ।  उहाले जिल्लामा उपलव्ध स्थानिय तथा रैथाने बालीको पवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्ने गरी फापरलाइ खरिद गर्न लागेको बताउनु भयो ।

जिल्लाबासीको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले रैथाने वाली फापरको खरिद गर्न लागेको वरिष्ठ अधिकृत डाक्टर श्रेष्ठले भन्नुभयो । जिल्लाबाट आर्थिक वर्ष २०७३÷०७४ का लागि ६० क्वीन्टल फापर खरिद गर्ने बताइएको छ । खरिद गरिने फापर सुकाइ केलाइ गरी कोल्टी डिपो खाद्य संस्थानमा बिक्री गर्न जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषक वर्गलाइ आग्रह गरेको छ । जिल्लाको रैथाने वाली फापरको प्रतिकेजी ५५ रुपैयाका दरले खरिद गरिने भएको छ । आठ महिनाको लामो संघर्ष पछि फापर खरिद गरिन लागेको श्रेष्ठको भनाइ छ । प्रतिकुलका बावजुत पनि खरिद गर्न लागेको हो ।
जिल्लाको खाद्य सुरक्षाको अवस्था सुधार,मलको खपत,भकारो सुधार अभियानको अतिरिक्त रैथाने बालीक सम्वद्र्धन र प्रवद्र्धन गरी खेती नै छोडेकोहरुलाइ त्यसमा आकर्षण गर्ने हेतुले अरु कार्यक्रमलाई यथावत राख्दै फापरलाइ बढी प्राथमिकता दिइएको छ । यस वर्ष फापर खरिद पछि जिल्लाबाट उत्पादन भएको फापर २० देखि ३० क्वीन्टल विक्री हुने उहाले विश्वास गर्नु भएको छ ।
खाद्य असुरक्षित जिल्ला भएकाले यसको सुधार गर्न यसले मार्ग निर्देश गर्ने बताइएको छ । वीउ सकलन गर्ने २० क्वीन्टल बाजुराबाटै खरिद गरिने भएको छ । फापर खरिदका लागि जिल्ला प्रशासन कार्यालय बाजुराका माघ १२ गते बसेको बैठकले निर्णय गरेको नेपाल खाद्य संस्थान मार्तडीका प्रमुख मेघराज ओझाले जानकारी दिनु भएको छ ।