Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्दै

Friday, February 24, 2017 National Power

१३ फागुन,बाजुरा-  नेपाल खाद्य संस्थान बाजुराले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ । लोपोन्मुख रुपमा रहेको रैथाने बाली फापरलाइ खरिद गर्नका लागि पहल भइरहेको नेपाल खाद्य संस्थान बाजुराका मेघराज ओझाले बताउनु भएको छ ।


जिल्ला कृषि विकास कार्यालय बाजुराको पहल र नेपाल खाद्य संस्थान बाजुराको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालय बाजुराका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बतानु भएको छ ।  उहाले जिल्लामा उपलव्ध स्थानिय तथा रैथाने बालीको पवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्ने गरी फापरलाइ खरिद गर्न लागेको बताउनु भयो ।

जिल्लाबासीको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले रैथाने वाली फापरको खरिद गर्न लागेको वरिष्ठ अधिकृत डाक्टर श्रेष्ठले भन्नुभयो । जिल्लाबाट आर्थिक वर्ष २०७३÷०७४ का लागि ६० क्वीन्टल फापर खरिद गर्ने बताइएको छ । खरिद गरिने फापर सुकाइ केलाइ गरी कोल्टी डिपो खाद्य संस्थानमा बिक्री गर्न जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषक वर्गलाइ आग्रह गरेको छ । जिल्लाको रैथाने वाली फापरको प्रतिकेजी ५५ रुपैयाका दरले खरिद गरिने भएको छ । आठ महिनाको लामो संघर्ष पछि फापर खरिद गरिन लागेको श्रेष्ठको भनाइ छ । प्रतिकुलका बावजुत पनि खरिद गर्न लागेको हो ।
जिल्लाको खाद्य सुरक्षाको अवस्था सुधार,मलको खपत,भकारो सुधार अभियानको अतिरिक्त रैथाने बालीक सम्वद्र्धन र प्रवद्र्धन गरी खेती नै छोडेकोहरुलाइ त्यसमा आकर्षण गर्ने हेतुले अरु कार्यक्रमलाई यथावत राख्दै फापरलाइ बढी प्राथमिकता दिइएको छ । यस वर्ष फापर खरिद पछि जिल्लाबाट उत्पादन भएको फापर २० देखि ३० क्वीन्टल विक्री हुने उहाले विश्वास गर्नु भएको छ ।
खाद्य असुरक्षित जिल्ला भएकाले यसको सुधार गर्न यसले मार्ग निर्देश गर्ने बताइएको छ । वीउ सकलन गर्ने २० क्वीन्टल बाजुराबाटै खरिद गरिने भएको छ । फापर खरिदका लागि जिल्ला प्रशासन कार्यालय बाजुराका माघ १२ गते बसेको बैठकले निर्णय गरेको नेपाल खाद्य संस्थान मार्तडीका प्रमुख मेघराज ओझाले जानकारी दिनु भएको छ ।