Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सहमतिमै संशोधन प्रक्रिया अघि बढाउने निष्कर्ष

Thursday, February 23, 2017 National Power

१२फागुन,–विहीबारदेखि व्यवस्थापिका संसद सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच संशोधन विधेयक अघि बढाउने सहमतिपछि संसद खुल्ने भएको छ ।

आज विहान सिंहदरवारमा तीन पक्षीय छलफलको सहमतिमै संशोधन प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको सभामुख घर्तीले बताइन् ।

संसदको बैठक सञ्चालन हुने तथा संविधान लगायत कार्यसूचीमा रहेको विषयमा प्रक्रियागत रुपमा आजैबाट अगाडी बढाउन प्रतिपक्षले सहयो गर्ने भएको घर्तीले बताइन् ।