Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

विद्यार्थी र प्रहरीबीच झडप

Thursday, February 23, 2017 National Power


१२फागुन,विराटनगर–विद्यार्थी र प्रहरीबीच महेन्द्र मोरङ क्याम्पस अगाडी झडप भएको छ । क्याम्पस अगाडीको सडक निमार्णको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको थियो ।
आक्रोशित विद्यार्थीहरुले तोडफोडमा उत्रिएपछि भिडलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थीर प्रहरी बिच झडप भएको हो । घाइते भएका विद्यार्थीलाई डोजरले व्याक गरेर मार्न खोजेको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले दुईवटा डोजरमा आगो लगाएपनि प्रहरीले तत्कालै निभाएको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गरेको छ । घाइते विद्यार्थीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।