Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

विद्यार्थी र प्रहरीबीच झडप

Thursday, February 23, 2017 National Power


१२फागुन,विराटनगर–विद्यार्थी र प्रहरीबीच महेन्द्र मोरङ क्याम्पस अगाडी झडप भएको छ । क्याम्पस अगाडीको सडक निमार्णको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको थियो ।
आक्रोशित विद्यार्थीहरुले तोडफोडमा उत्रिएपछि भिडलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थीर प्रहरी बिच झडप भएको हो । घाइते भएका विद्यार्थीलाई डोजरले व्याक गरेर मार्न खोजेको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले दुईवटा डोजरमा आगो लगाएपनि प्रहरीले तत्कालै निभाएको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गरेको छ । घाइते विद्यार्थीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।