Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

जंगली जनावरबाट बच्न बस्तीमा तारवार गरिदै

Thursday, February 23, 2017 National Power

१२ फागुन, कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाटा बन्यजन्तु आरक्षका जनावरहरु आरक्षबाट बाहिर आएर किसानको खेतीपाती नष्ट गर्न थालेपछि आरक्ष कार्यालय,मध्यवर्ती उपभोक्त समिति र स्थानीयको पहलमा पिपरैया क्षेत्रमा तारावार लगाउने र टेन्च खन्ने कार्य सुरु गरिएको छ ।

प्रत्येक वर्ष आरक्ष वरपरका गाउं बस्तीहरुमा जंगली हात्ति,चित्तल,वदेल लगाएतका जनावरहरु गाउ पसेर हैरानीमा पार्दै आईरहेका थिए । जंगली हात्तिले गहुंबाली मात्रै नभएर गाउंबस्तीनै मै पसेर किसानहरुका घरबारीमा समेत नोक्सानी पु¥याउदै आएका थिए ।

यसरी लगाएको गहुवाली नष्ट गर्न थालेपछि तारावार लगाउने र टेन्च खनेर छेक्वार गर्ने प्रयास भै रहेको मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष पुष्कर वहादुर सिहले वताउनु भएको छ । जंगली जनावरका कारण पिपरैया क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन ।