Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जंगली जनावरबाट बच्न बस्तीमा तारवार गरिदै

Thursday, February 23, 2017 National Power

१२ फागुन, कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाटा बन्यजन्तु आरक्षका जनावरहरु आरक्षबाट बाहिर आएर किसानको खेतीपाती नष्ट गर्न थालेपछि आरक्ष कार्यालय,मध्यवर्ती उपभोक्त समिति र स्थानीयको पहलमा पिपरैया क्षेत्रमा तारावार लगाउने र टेन्च खन्ने कार्य सुरु गरिएको छ ।

प्रत्येक वर्ष आरक्ष वरपरका गाउं बस्तीहरुमा जंगली हात्ति,चित्तल,वदेल लगाएतका जनावरहरु गाउ पसेर हैरानीमा पार्दै आईरहेका थिए । जंगली हात्तिले गहुंबाली मात्रै नभएर गाउंबस्तीनै मै पसेर किसानहरुका घरबारीमा समेत नोक्सानी पु¥याउदै आएका थिए ।

यसरी लगाएको गहुवाली नष्ट गर्न थालेपछि तारावार लगाउने र टेन्च खनेर छेक्वार गर्ने प्रयास भै रहेको मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष पुष्कर वहादुर सिहले वताउनु भएको छ । जंगली जनावरका कारण पिपरैया क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन ।