Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मसला बगानमा वृद्धको शव भेटियो

Thursday, February 23, 2017 National Power

१२ फागुन,दमक- झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । मृतक सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आज बिहान बाटोको नालीमा फेला परेको प्रधानको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवपरीक्षणका लागि लैजाने तयारी गरिएको र परीक्षणपछि मात्रै घटनाको विषयमा थाहा हुने इलाका प्रहरी कार्यालय दमकका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कोइरालाले जानकारी दिनुभयो ।