Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राप्रपाकाे पहिलाे केन्द्रिय कमिटिकाे वैठक बस्दै

Thursday, February 23, 2017 National Power

१२ फागुन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ ।

बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्दि्रत रहने बताइएको छ ।

राप्रपामा १६५ जना केन्द्रीय सदस्यमध्ये ९८ जना निर्वाचनबाट र ६५ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । जसअनुसार अध्यक्ष कमल थापाले १५ जनालाई मनोनयन गरेका हुन् ।