Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

Monday, January 30, 2017 National Power

१७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् ।
मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ ।
जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग पुनः आग्रह गरे । साथै माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे प्रतिपक्षी एमाले र मधेसवादी दलहरु दुबैको अडान गलत भएको पनि बताए । साथै स्थानीय तह पुनसर्ंरचना आयोगको प्रतिवेदनबारे मधेसी मोर्चाको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् ।