Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

सरकार र मधेशी मोर्चा टाढिँदै

Monday, January 30, 2017 National Power

१७ माघ, काठमाडौं । पछिलो पटकको बर्ताहरुमा चुनाबी एजेन्डाले प्रमुखता पाएपछी मधेशी मोर्चा र सरकारको बार्ता भंग हुने स्थितिमा पुगेको छ |

सोमबार भएको बर्तमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले चुनाबको बारेमा  सकारात्मक हुन सकेन । उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताब अघि बढाउने तर, चुनावलाई रोक्न नसकिने बताए ।

बालुवाटार बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राख्नासाथ मधेसी मोर्चाका नेताहरु आक्रोसित भएका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिर्माजनसहित पास नभएसम्म चुनावमा नजाने मात्र होइन, हुनै नदिने बताए । उनले संशोधनबारे सहमतिका लागि एमालेसँग सम्वाद गर्न प्रचण्डलाई सुझाए ।

ठाकुरले अब आफूहरु आन्दोलनमा जाने भन्दै त्यस्तो बेला सुरक्षा निकाय बाहेक अरु कुनै पनि कार्यालय मधेसमा चल्न नदिने धम्की दिएका छन् ।

संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अझ आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले तीन दलभित्रभित्र मिलेको र आफूहरुलाई धोका दिन मात्र मतभेदको नाटक देखाएको बताए ।

एक नेताका अनुसार यादवले अब धेरै भेटिरहनु (बैठक बस्नु)को औचित्य नभएको भन्दै आ-आफ्नो बाटो लाग्ने (सम्वन्ध विच्छेद गर्ने) प्रस्ताव राखेका छन् । उनले भने, ‘तपाईहरुले जे गर्नुहुन्छ थाहै छ, हामीले पनि जे सक्छौं, त्यही गर्छौ ।’

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभई चुनावको कुरै नगर्न आग्रह गरे ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक परिर्माजनसहित पास नभएसम्म कुनै हालतमा चुनाव हुन नदिने प्रष्ट सन्देश दिएका छन् ।

संशोधन विधेयक परिर्माजनका लागि तीन पक्षको तीन सदस्यीय कार्यदल बनेपनि ठोस प्रगति नभएको गुनासो गरे । साथै यसअघिका बैठकहरुमा प्रधानमन्त्रीले राप्रपा र फोरम लोकतान्त्रिकसँग कुराकानी गर्दैछु भनेपनि सत्तारुढ दलकै कारण उनीहरु सरकारमा आउन ढिलाई भएको दाबी गरे ।

मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको चुनावमा जान नसकिने बताएका छन् । उनीहरुले स्थानीय तह प्रदेश मातहत हुनु पर्ने भन्दै संविधान संशोधनपछि प्रदेश र केन्द्रको चुनाव गर्ने पर्ने प्रष्ट सन्देश दिएका छन् ।

यसै बीच मधेसी मोर्चाका नेताहरुको अडान सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले तपाईहरुको अडान स्थानीय चुनाव हुनै नदिने पो रहेछ होइन त भन्दै प्रश्न गरेका थिए ।

उनले अरु विषयमा भने पछि छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

र, सोमबारको बैठकले प्रधानमन्त्री प्रचण्ड (सरकार) र मधेसी मोर्चाको दुरी बढेको प्रष्ट देखिएको छ । मोर्चाका एक नेता भन्छन्, सम्वन्ध विच्छेदतर्फ उन्मुख नै भइसकेको त होइन । तर, परिस्थिति त्यो निर्माण हुँदैछ ।’

र, अबको बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।