Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

कागेश्वरी मनहरा नगर अधिबेशन बाट नगर अध्यक्ष भए मणि सिंखडा

Saturday, January 28, 2017 National Power

माघ–१४, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनवाट राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठनका महासचिव मणि सिंखडा कागेश्वरी मनहरा नगरपालिका नगर अध्यक्षका रुपमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । हिन्दु राष्ट्र र राज संस्थाका पक्षमा खरो रुपमा प्रस्तुत भएका सिंखडा राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठनमा स्पस्ट वक्ताका रुपमा समेत चिनिन्छन् । पार्टी भित्र र उनको चुनावी क्षेत्रमा समेत उनिलाई मृदुभाषीका व्यक्तित्वका रुपमा रहेका यूवा नेताका रुपमा समेत चिन्दछन् ।


अधिवेशनमा निर्वाचित भैसके पछि”अवको दिनमा तपाईको भूमिका पार्टीभित्र कस्तो ा रहनेछ” भनि नेशनल पावर न्यूजले सोधेको थियो उनले वताएका थिए “यो पार्टी एकिकरण पछिको पहिलो अधिवेशन भएकाले पनि यो विशेष ऐतिहासिक रहेकोछ जसका लागी स्थानिय पार्टीका साथीहरुको सहयोग अतुलनिय रहेको छ , अवका दिनमा म राष्ट्र र राष्ट्रिय हितका लागी हाम्रो हिन्दु धर्म र राष्ट्रिय प्रतिकका रुपमा रहेको राजसंस्थाको पक्षमा यहि फल्गुन ६ गते देखि हुने पार्टीको माहाधिवेशनमा वहस चलाउनेछु ।”


पार्टी एकिकरण पछि भएको यो पहिलो अधिवेशन हो । हाल देशका विभिन्न भेगमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर,गाउँ तथा वडा स्तरमा अधिवेशनहरु भैरहेका छन् ।

-पावर न्यूज संवाददाता