Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राष्ट्रहित विरोधि संविधान कुनै हालतमा पनि संसोधन हुँदैन :एमाले नेता रावल

Saturday, January 28, 2017 National Power

धनगढी १५ माघ
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तह पुर्नसंरचना आयोगको प्रस्तावकै आधारमा सरकारले स्थानीय तह निर्वाचनको मिति चाडै घोषणा गरिनु पर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको सात नम्बर प्रदेश भेलाको आज कैलालीको टिकापुरमा उद्घाटन गर्दै उहाले नेपाली जनता र राष्ट्रको हित विपरीत रहेको संबिधान संशोधन प्रस्ताव संसदबाट कुनै हालतमा पारित हुन नसक्ने दावि गर्नुभयो ।
उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन स्थानीय तह निर्वाचनको बिकल्प नरहेको  र त्यसका लागि सरकारलाई एमालेको सहयोग रहने बताउनु भयो ।


भेलामा एमाले सचिव योगेश भट्टराई, प्रचार प्रसार उपप्रमुख सूर्य थापा लगायतले बोल्नु भएको थियो । भेलामा सात नम्बर प्रदेशका नौ वटै जिल्लाबाट प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

-जगत साउद