Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

गाँउमा पानी समेत चल्दैन

Saturday, January 28, 2017 National Power

बझाङ १४ माघ, नेपाल सरकारले कानुनी रुपमा जातिय छुवाछुत मुक्त गरेको बर्षौ भएता पनि बझाङ जिल्लाका ग्रामिण भेगमा भने अझै जातिय छुवाछुत कायमै रहेको छ । सदरमुकाम चैनपुर लगायत केही बजार क्षेत्रमा दलित र गैरदलित विच धेरै विभेद नदेखीए पनि जिल्लाका अधिकांश ग्रामीण बस्तिहरुमा भने दलित र गैर दलित विच छुवाछुत कायमै छ । हाल सम्म जिल्लामा दलितहरुले खुलेर गैर दलितहरुको घर भित्र पस्न सकेका छैनन् भने दलित र गैर दलितको हातको पानि समेत चलेको छैन ।
गैर दलित र दलित विच जातिय विभेद परम्परा देखी रहदै आए पनि दलित भित्रका जातीहरुमा उत्तीकै छुवाछुत देखीन्छ । एकै गाँउमा दलित र गैर दलितको बसोबास हुदाँ समेत पानीका धारामा छुवाछुत हुने गरेको छ । यसका साथै विवाह बर्तबन्द , भोज भतेर जस्ता कार्यक्रम पनि दलित र गैरदलितको सहभागीता हुन सकेको छैन । जयपृथ्वी नगरपालीका ८ घर भएका ५५ बर्षिया ज्ञान बहादुर ओडले कानुनमा जे जस्तो लेखीएको भएता पनि दलित गैर दलित विचको जातीय विभेद हट्न अझै धेरै बर्षलाग्ने बताउनु भयो । उनका अनुसार हामी दलितहरु पनि गैर दलित संग पानी चलाउन अप्ठ्यरो लाग्छ उनिहरुत झन मान्नेनै भए । गाँउका दलीतहरु अझै परम्परागत पेशा अँगालेर गैर दलितहरुको खलीया हलीया भएर छाक टारी रहेका छन् ओडले भने दलितलाई अझै तल्लो जात भनेर हेर्ने प्रचलन कायमै रहेको छ यो समस्या हट्न गाह्रो देखीन्छ ।

दलित ज्ञान बहादुरको भोगाई जस्तै कोटभैरवका मदन ओडको पनी यस्तै ब्याथा छ । उनले भने जहाँ सम्म दलित र गैर दलितहरुको आर्थीक हैसियत समान हुदैन त्यहाँ सम्म सामाजीक रुपमा दलितहरु पछाडी नै पर्ने छन् । दलित जातीका बयवृद्ध मान्छे भए पनि उपल्लो जातको साना बालबालीकालाई रिथिहजुर भन्ने जौ भनेर ढोग्ने प्रचलन अझै कायम छ । दलित र गैर दलीतमा जातीय विभेद भए जस्तै दलित भित्रका सुनार,दमाई, सार्की, लुहार, चदारा, कामी, बादी जातीमा पनी आन्तरीक जातीय विभेद कायमै रहेको देखीन्छ । यि जाती भित्र पनी उच निचको भेदभाव भएर विवाहबारी हुदैन भने, कुनै कुनै जातीमा त पानी समेत चल्दैन । गाँउघरमा दलीत र गैर दलितका देवताका मठमन्दिर समेत अलग अलग छन् । हामी जातीमा त छुवाछुत छ दंगाजीका हर्क दमाईले भने यहाँ देवता देवतामा समेत विभेद छ । देवता पनि दलित र गैर दलितका हुन्छन र । मठमन्दिर छुएमा गाईको गहुँत छर्केर शुद्ध गर्ने प्रचलन गाँउमा अझै कायमै छ ।
जातीय छुवाछुतको बझाङमा सामान्य सुधार भए पनि अझै समस्या विकराल छ दलित अगुवा ईन्सेक प्रतिनिधी प्रकाश विकले भने सदरमुकामका होटेलहरुमा समेत दलितलाई छुवाछुत गरेको देखीन्छ । गैरदलित र दलित विचको जातिय विभेद अझै यथावत हुँदा पनी यसलाई न्युनिकरण र रोगथामका लागी सरकारी तथा गैर सरकारी निकायहरु बाट भने बझाडमा कुनै कार्यक्रम तथा योजना बनाएका देखीदैन ।
समाजमा पुस्तो देखी जरागाडेको जातीय छुवाछुत विद्यालयका बालबालीकाहरुमा समेत देखीएको हुँदा यो समस्या हट्नु निकै चुनौती रहेको दलित समाजसेवी सुनिल दमाईको बुझाई छ ।
जिल्लामा जातीय छुवाछुत रहेको कुरा सुनिनमा आएको छ प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने तर यस्ता जातीय छुवाछुतका उजुरी भने आएका छैनन् ।जिल्ला विकास समीतीको तथ्याङ्क अनुसार बझाङ जिल्लामा झण्डै १२ हजार घर परिवारहरु दलित समुदायका रहेका छन् ।