Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

कुलमानले दिए बेला बेलामा बत्ती जानुकाे कारण

Friday, January 27, 2017 National Power

 

१४ माघ, (काठमाडौं) आखिर किन यसरी झ्याप्पै लाइन जान्छ ? कसैले बिजुली काट्छ कि ? यसबारे उठ्ने जिज्ञासाको समाधान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक छलफलमा प्राधिकरण प्रमुख घिसिङले यसका दुईवटा कारण रहेको बताएका छन्।

कुलमानका अनुसार बत्ती जाने एउटा कारण हो- सडक विस्तार । सडक विस्तारका लागि पोल सार्नुपर्‍यो । यसका लागि लाइन काट्नुको विकल्प छैन । पोल सार्न टेलिकमको तार पनि सार्नुपर्छ । त्यसभन्दा पनि केबल कपरेटरहरुको केबल सार्न निकै समस्या परेको प्राधिकरण प्रमुख घिसिङले बताए ।

त्यसैगरी खानेपानीको पाइपका कारण कहिलेकाँही विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले बताए ।

अहिले रिङरोड विस्तारको काम भइरहेको छ । साथै मेलम्चीको पाइप विच्छ्याउन पनि विभिन्न स्थानमा सडक खन्ने काम भइरहेको छ । घिसिङका अनुसार रिङरोडको चावहिलदेखि महाराजञ्जसम्म प्राधिकरणको हाम्रो ६६ केभीएको लाइन अण्डरग्राउण्ड छ । र, सडक विस्तारका क्रममा त्यसमा केही भयो भने चपाली सबस्टेसन क्षेत्रमा लाइन जान्छ ।

रत्नपार्क क्षेत्रमा यस्तै समस्या आउँदा रातभर काम गर्नु परेको अनुभव उनले सुनाएका थिए।

बेलाबखत बिजुली जाने दोस्रो कारण हो- प्राधिकारणको पुरानो सिस्टम । विद्युत प्राधिकरणको सिस्टममा नै बेलाबेला समस्या आउने गरेका कारण विद्युत आपूर्तिमा अवरोध हुने गरेको छ । यसलाई सम्बोधन गर्न अपग्रेडिङका कामहरु भइरहेको कुलमानले बताए ।