Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

शुक्रबारदेखी छैठाैँ लिटरेचर फेस्टिभल पाेखरामा

Thursday, January 26, 2017 National Power

पोखरामा माघ दोस्रो सातादेखि अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको छैठौँ संस्करण नेपाल लिटरेचर फेस्टिभल २०१७ हुने भएको छ। माघ १४ देखि १७ सम्म पार्दीस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्ने आयोजकले जानकारी दिएका छन् ।

‘गत वर्ष पहिलो चोटी पोखरामा आयोजना गरिएको यो सम्मेलनले कला, संस्कृति र साहित्यलाई बेग्लै उर्जा दिएको थियो,’ बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कवि सरस्वती प्रतीक्षाले भनिन्, ‘नेपाल लिटरेचर फेस्टिभल आफैँमा स्थापित ब्रान्ड भइसकेकोले यसले हाम्रो सुन्दर शहरको गरिमा अझ बढाउनेमा विश्वस्त छौँ ।

यो राष्ट्रिय साहित्यिक गतिविधि अरुसामु पस्किने र अन्तराष्ट्रिय साहित्यिक जगत सामु आफूलाई उभ्याउने माध्यम पनि हो ।” २०११ देखि महोत्सवले विभिन्न विधा र विषयहरुमा छलफल र अन्र्तक्रियाका लागि मञ्च प्रदान गर्दै आएको छ। यो वर्ष पनि फेवातालको किनारका दुई कार्यक्रम स्थलमा चार दिनसम्म समसामयिक मुद्दाहरुमा विचार विमर्श हुनेछ। यस वर्षको प्रतिक्षित सत्रमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रहशन रहनेछ । महोत्सवमा नै यो दर्शकहरुका लागि नयाँ स्वाद र प्रयोग हुनेछ ।

यस वर्षको महोत्सवमा तीन अन्तर्राष्ट्रिय लेखक – लोकप्रिय युवा लेखक दुर्जोय दत्त, समाजशास्त्री र इतिहासकार रामचन्द्र गुहा, तथा हिन्दी भाषामा लेखेर ख्याति कमाएका आख्यानकार उदय प्रकाश – रहनुहुनेछ । यसका साथसाथै भुटानी पत्रकार नाम्गे जाम कार्यक्रममा सम्मिलित हुनेछन्। यसका अतिरिक्त बिहानको ११ बजे देखि बेलुकी ६ बजेसम्म दर्शकहरु कला प्रदशर्नी, पुस्तक हस्ताक्षर, कविता र गजलका सत्रहरू, पुस्तकमा छुट र साङ्गितिक प्रस्तुतिमा रमाउन सकीने सह-आयोजक र्‍याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले बताए। यस वर्षदेखि महोत्सवको समय प्रत्येक दिन एक घण्टा थपिएको छ । यसैगरी महोत्सवको विशेष आकर्षणमा साहित्यिक विशेषांक ‘हर्पन’ पर्ने उनले बताए।