Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

टेलिकमले ल्याउँदै छ ‘पैंचो’ सेवा

Monday, January 23, 2017 National Power

नेपाल टेलिकमले जिएसएम मोबाइलका प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचाे’ सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। ब्यालेन्स सकिएर अपर्झट पर्दा उपभोक्ताले निश्चित रकम सापटी वा पैंचाे लिन सक्ने गरी उक्त योजना ल्याउन लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

‘यसका लागि आवश्यक प्राविधिक तयारीका लागि हाल टेलिकम टेण्डर आह्वान गर्ने प्रक्रियामा पुगेको छ,’ उनले भनिन्, ‘सापटी योजना सेवा सञ्चालनमा ल्याउने भनिए पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने बारे यकिन भइसकेको छैन।’

दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेलले यसअघि नै यस्तो सापटी सेवा सञ्चालनमा ल्याइसकेको छ। एनसेलको सापटी सेवामा उपभोक्ताको ठूलो सहभागिता रहेको थियो। एनसेलले २० रुपैयाँसम्म सापटी लिन सक्ने गरी सेवा सञ्चालनमा ल्याएको थियो।

टेलिकमले सञ्चालनमा ल्याउने सापटी सेवाअन्तर्गत कति रकम सापटी लिन सकिन्छ भन्ने बारे यकिन भइसकेको छैन। यद्यपी, टेलिकमले ल्याउने सापटी सेवाबाट लाखौं उपभोक्ताहरु आकर्षित हुने अनुमान टेलिकमको छ।