Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

तरुलले बचाउँछ क्यान्सरबाट, यी हुन् स्वादिलो तरुलका गुणैगुण

Sunday, January 15, 2017 National Power

तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।  निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।

तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ ।